रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार



न्यूयोर्क । अमेरिकाको एक कम्पनीका मालिकले ३२ किलोमिटर पैदल हिँडेर अफिस पुग्ने आफ्ना एक कर्मचारीलाई नयाँ कार उपहारस्वरुप प्रदान गरेका छन् ।

वाल्टर कारको आफ्नो कार बिग्रिएका कारण उनी रातभरी हिँडेर अफिसमा पहिलो दिन उपस्थित भएका थिए ।

अफिस जाँदै गर्दा उनलाई एक पुलिस अधिकारीले देखेर रोकेको र २० वर्षे युवकको कथा सुनेपछि उनलाई ब्रेकफास्टका लागि प्रस्ताव राखेको बताइएको छ ।
बीबीसीका अनुसार अफिसकी अर्की कर्मचारी जेनी लेमी अफिसमा आठ बजे आइपुग्ने ग्राहकहरु भन्दा अघि सरसफाई सिद्धाउने सोच बनाएर त्यस दिन चाँडै उठेकी थिइन् । उनले साढे ६ बजे अफिसको डोरबेल बजेको सुनिन् र ढोका खोल्दा वाल्टरलाई एक पुलिस अधिकारीसहित देखिन् ।

‘मैले ढोका खोल्ने बित्तिकै उनले ‘यी निकै राम्रा बच्चा’ लाई बिहानै पेलह्याममा भेटेको बताइहाले,’ उनले आफ्नो फेसबुकमा लेखिन् ।

‘उनी होमवुडस्थित आफ्नो घरबाट रातभरी हिँडेर पेल्ह्याम आइपुगे । किनभने उनी अफिसमा ढिलो हुन चाहँदैनथे । उनी ३२ किलोमिटर हिँडेर यहाँ आइपुगेका हुन् । पुलिसले उनलाई सबेरै भेटेको र ब्रेकफास्टका लागि लगेको र उनको कथा सुनेपछि वाल्टरलाई हाम्रो घरसम्म ल्याइदिए ।’

Comments