Posts

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार

Image
न्यूयोर्क । अमेरिकाको एक कम्पनीका मालिकले ३२ किलोमिटर पैदल हिँडेर अफिस पुग्ने आफ्ना एक कर्मचारीलाई नयाँ कार उपहारस्वरुप प्रदान गरेका छन् । वाल्टर कारको आफ्नो कार बिग्रिएका कारण उनी रातभरी हिँडेर अफिसमा पहिलो दिन उपस्थित भएका थिए । अफिस जाँदै गर्दा उनलाई एक पुलिस अधिकारीले देखेर रोकेको र २० वर्षे युवकको कथा सुनेपछि उनलाई ब्रेकफास्टका लागि प्रस्ताव राखेको बताइएको छ । बीबीसीका अनुसार अफिसकी अर्की कर्मचारी जेनी लेमी अफिसमा आठ बजे आइपुग्ने ग्राहकहरु भन्दा अघि सरसफाई सिद्धाउने सोच बनाएर त्यस दिन चाँडै उठेकी थिइन् । उनले साढे ६ बजे अफिसको डोरबेल बजेको सुनिन् र ढोका खोल्दा वाल्टरलाई एक पुलिस अधिकारीसहित देखिन् । ‘मैले ढोका खोल्ने बित्तिकै उनले ‘यी निकै राम्रा बच्चा’ लाई बिहानै पेलह्याममा भेटेको बताइहाले,’ उनले आफ्नो फेसबुकमा लेखिन् । ‘उनी होमवुडस्थित आफ्नो घरबाट रातभरी हिँडेर पेल्ह्याम आइपुगे । किनभने उनी अफिसमा ढिलो हुन चाहँदैनथे । उनी ३२ किलोमिटर हिँडेर यहाँ आइपुगेका हुन् । पुलिसले उनलाई सबेरै भेटेको र ब्रेकफास्टका लागि लगेको र उनको कथा सुनेपछि वाल्टरलाई हाम्रो घरसम्म ल्याइदिए ।’

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने !

Image
काठमाडौं– कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबलको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । त्यसका लागि छुट्टै सम्झौता गर्न समेत कतार तयार रहेको राजदूत मोहम्मदले गृहमन्त्री थापालाई अवगत गराएका थिए । जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका छन् । भेटवार्तामा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका थिए । राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन् । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

यो हो बिश्वकै बफादार बाँदर ! जसले आफ्ना मालिकको सम्पती बचाउन आफ्नै बच्चालाइ समेत छाडेर ज्यानको

Image
एजेन्सी । भारतको कलकत्तामा संसारमा नै अहिलेसम्म नदेखिएको बाँदर फेला पर्यो जो यतिसम्म इमान्दारकी आफ्नो मालिकका लागी प्राण समेत दिन तयार हुने । केही दिन अघि मात्रै एक हुल चोर आफ्नो मालिकको घरमा परेवा चोर्न पसेपछि उक्त बाँदर चोरहरु बिरुद्ध जाइलाग्यो । घरमा मालिक नभएका बेला समेत उक्त बाँदरले अन्तिमसमयसम्म चोरहरु बिरुद्ध लडिरह्यो र अन्तिम समयमा आएर चोरको धारिलो हतियारले लागेर उनको प्राण गयो । तर पनि उसले परेवालाई जोगाउन भने सफल रह्यो । कलकत्ताको काशीपूर इलाकाको यो घटना अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । प्रहरीले ती घरमालिकको जाहेरीका आधारमा चोरहरुलाई पक्राउ गर्न सफल भएको छ । एजेन्सी । भारतको कलकत्तामा संसारमा नै अहिलेसम्म नदेखिएको बाँदर फेला पर्यो जो यतिसम्म इमान्दारकी आफ्नो मालिकका लागी प्राण समेत दिन तयार हुने । केही दिन अघि मात्रै एक हुल चोर आफ्नो मालिकको घरमा परेवा चोर्न पसेपछि उक्त बाँदर चोरहरु बिरुद्ध जाइलाग्यो । घरमा मालिक नभएका बेला समेत उक्त बाँदरले अन्तिमसमयसम्म चोरहरु बिरुद्ध लडिरह्यो र अन्तिम समयमा आएर चोरको धारिलो हतियारले लागेर उनको प्राण गयो । तर पनि उसले परेवालाई जोगाउ...

अर्कैले ३ चोटी सुहागरात मनाएपछि…

Image
कम्बाेडिया । -विवाहको पहिलो रात अर्थात् सुहागरात । नवजोडीले यो रातलाई जीवनभर याद रहनका लागि अनेकौँ सपना साँचेका हुन्छन् । त्यसमाथि पनि दम्पत्तिको नयाँ जिन्दगीको सुरुआत हुने दिन । अर्काेतर्फ, शारीरिक सम्बन्धले पनि यो रातलाई अझ सम्झन लायक बनाउँछ । यो रात शारीरिक साथसाथै मानसिक तथा आत्मिक मिलन पनि हुने दिन हो । यस अवसरमा अञ्जान व्यक्तिबीच शारीरिकभन्दा पनि आत्माको मिलन बढी हुन्छ । दुवैजनाले भावी जीवनको रेखा कोर्दै आफू आफूमा लीन हुन पुग्दछन् । यो दिन नवविवाहित दुलही सिंगारिएको पलङमा घुम्टोभित्र लजालु नयनले आफ्ना दुलाहाको प्रतीक्षा गर्छिन् । जब बिहान उज्यालो हुँदा आफ्नो दुलाहाभन्दा अर्कैले सुहागरात मनाएर सँगै सुतेको देखेमा त्यो महिलालाई कस्तो होला ? यस्तै भएको छ, कम्बोडियाकी एक १८ वर्षीया नवदुलहीलाई । कम्बोडियामा नवदुलहीले आफ्नै पति सम्झेर सुहागरात मनाउन पुगेकी छन् । विवाहको दिन उनी शयनकक्षमा आफ्नो पतिको पतीक्षा गरिरहेकी थिइन् । नवदुलाहा भने अध्याधिक रक्सीको सेवनले आफ्नो होस नै गुमाएर मस्त भएका थिए । यसैको फाइदा उठाएर विवाहमा आएका छैन चांसेङ नामक एक व्यक्ति दुलहीको कोठामा छिरे । त्यस समय दुल...

किनमेल गर्न जादाँ बेपत्ता भएकी कविताको हत्या गरिएको अवस्थामा शव फेला

Image
भीमदत्तनगर, ३२ असार : छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए । खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर नगरपालिका–२ लालझाडी–महोना वन क्षेत्रको अम्खैया खोला नजिक फालेको लास भेटाएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख रमेशप्रसाद अवस्थीले विष्टको हत्या गरी फालिएको आशंका व्यक्त गर्नुभयो । उहाँले घटनाको संलग्नताको आरोपमा आइतबार साँझनै कृष्णपुर नगरपालिका–२ वाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । प्रहरी स्रोतले विष्टको हत्या समूहकै संलग्नतामा भएको हुनसक्ने जनाएको छ । त्यसैगरी केही दिनअघि मात्रै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीको तटबन्धमा पनि स्थानीयको जग्गा अधियाँ गरी काम गर्दै आएका दार्चुलाको ल...